८ कार्तिक २०८३, शनिबार

एमाले उम्मेदवारलाई भोट माग्‍न चितवन जाँदै राष्ट्रपति भण्डारी

  • ९ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार चितवन जाने भएकी छन्। नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि भन्दै उनी चितवन जान लागेकी हुन्। संघका उपाध्यक्ष एवं मिडिया संयोजकसमेत सन्तोष बराल नेकपा एमालेका नेता हुन्। 

वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिएसँगै दलहरुले उम्मेदवार टुंग्याउन तीव्रता दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरि रेणु दाहाल उम्मेदवार बन्‍ने भएकी छन्। 

त्यसैगरी नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्‍ने भएका छन्। सत्ता गठबन्धन बलियो देखिएको चितवनमा एमाले पक्षधरहरुको माहोल बनाउनका लागि राष्ट्रपति भण्डारी चितवन जान लागेकी हुन्। 

नेपालको संविधानले भने राष्ट्रपति भण्डारीलाई यसरी खुल्याम कुनै पार्टीको पक्षमा माहोल बनाउका लागि कार्यक्रमगर्न रोक लगाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर