८ कार्तिक २०८३, शनिबार

दिने नेता, लिने नेता

  • ९ फागुन २०७८, सोमबार
Image

राणा शासनको १०४ वर्षसम्म कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै संस्थाले हिजो आज प्रयोग गर्ने शक्ति सबै श्री ३ अर्थात प्रधानमन्त्रीमा निहित थियो।

संविधान र कानुनी शासन, शत्तिपृथकीकरण, मानवअधिकार, वाक स्वतन्त्रता र स्वतन्त्र प्रेस कल्पना बाहिरका कुरा थिए। देशमा राणा शासक र शासित जनता दुई वर्ग थिए। राजा नाम मात्रका थिए। प्रधानमन्त्रीको नाममा चलेको हुकुमी तानाशाही शासनमा उनको बाेली नै सर्वेसर्वा थियो। जो कोहीलाई मृत्युदण्ड दिनु, देश निकाला गर्नु, पद, मान पदवी दिनु, वकस र विर्ता दिनु अनी जाती च्यूत गर्नु उनको तजविजी अधिकार थियो। त्यसै गरी देशको वजेट उनले मनलागी खर्च गर्न पाउथे, आफ्नो नीजि सम्पक्ति सरह। जनताका छोराछोरीलाई पढ्ने अधिकार थिएन।

राणाको त्यही अत्याचारको विरोधमा सचेत जनताले विद्रोह गरे। वि.सं. १९९० को दशकबाट मात्र राणा विरोधी आन्दोलनले उचाई लियो। यस क्रममा पर्चा वाडेको र गीता वाचन गरेको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो।

टंकप्रसाद आचार्य, रामहरी शर्मालगायतलाई ब्राहमण भएकाले चारपाटा मुडेर छोडियो। गणेशमान लगायत धेरैलाई आजीवन कारावासको सजाय तोकियो। राणाको सनककै भरमा ज्यान जान सक्ने त्यो युगमा पनि सचेत नागरिकहरूले प्रजातन्त्रको पक्षमा संघर्ष गरे। फलस्वरुप २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र आयो।

१०४ वर्षे राणा शासनको अन्त्य भयो। जनता अधिकार सम्पन्न भए। त्यो बेला राजनीति गर्नेहरू ज्यान दिन तयार थिए। आजका नेताहरू शक्ति, सत्ता र धनका लागि राजनीति गरिरहेका छन्। यो आलेख २००७ सालमा प्रजातन्त्र स्थापना भएर राणा शासन अन्त्य भएपछि कसरी शक्तिको हस्तान्तरण भयो भन्ने विषयमा केन्द्रीत छ।

राणाहरूको अत्याचार उत्कर्षमा पुगेपछि राजा त्रिभुवन भारतको शरणमा गए २००७ को कात्तिकमा। त्यही दिन नेपाली कांग्रेसले शसस्त्र  त्रान्तिका सुरु गर्‍यो। यस क्रममा काठमाडौं बाहेक मुलुकका प्रमुख शहरहरूमा विद्रोहीले कव्जा जमाए। अनी दिल्लीको मध्यस्थतामा राजा त्रिभुवनलाई राजा बनाउने, राणाहरूमा रहेको अधिकार राजामा फिर्ता हुने, राणा र कांग्रेसको संयुक्त सरकार बनाउने सहमति बन्यो।

राजा त्रिभुवन दिल्लीबाट स्वदेश फर्किने भए। तर त्यतिञ्जेल यता नेपालको सेनामा राणाहरूको वाहुल्यता थियो। राजा काठमाडौं फर्किदा सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन सकिरहेका थिएनन्। ‘काठमाडौंका चारभञ्ज्याङ भित्रलाई मात्र नेपाल गन्ने र चौविस पल्टनलाई राणाको अंगरक्षक ठान्ने समयमा राजा सशंकित हुनु अस्वभाविक थिएन (पाँडे, २०४५ : ३५७)।’ त्यसमा राणाहरूकै संरक्षणमा दिउँसै खुकुरी घुमाएर शहर परिक्रमा गर्ने र जनता तर्साने खुकुरी दलको अतंक उत्कर्षमा थियो। दिल्लीमा त्यस विषयमा छलफल भए पछि राजाको सुरक्षाका लागि भारतबाट सादा पोशाकमा विशेष सुरक्षा दस्ता परिचालन गरियो (माथेमा, २०७३ : १६१)।’ त्यति बेला कवी गोपालप्रसाद रिमालको कविता चर्चामा थियो

‘एक युगमा एक दिन, एक चोटी आउछ। 

उटल पुलट, उथल पुथल हेरफेर ल्याउछ। 

लाटा सुधा बोल्न थाल्छन्। चल्छ ओठ दुःखको।’ 

एक सय चार वर्षसम्म चलेको राणा शासन अन्त्य भएसँगै २००७ साल फागुन ३ गते मुक्ति सेनाका अधिकृतहरू विमानबाट काठमाडौं उर्त्रिए। त्यही दिन बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर राणालगायतका नेता र पूर्णसिंह ठाकुर, जी.बी.याकथुम्वा लगायत मुक्तिसेनाका कमाण्डहरू सवार अरु दुई वटा जहाज पनि गौचरण हवाई मैदानमा ओर्लिए। ‘नेपाली कांग्रेसका नेताहरू हवाई जहाजबाट गौचर विमानघाटमा ओर्लदा उनीहरूको भव्य स्वागत भयो। वीर विश्वेश्वर जिन्दावाद को नाराले आकाश गुन्जियो (पाँडे, २०४५ : ३४८)।’

‘क्रान्तिका नायक थिए, पैतिस छत्तिस वर्षका बीपी। उनी अलि चञ्चल पनि थिए। क्रान्ति स्वभाव पनि चञ्चल हुन्छ। त्यो बोलको ब्रिटिस अर्काइभमा सुरक्षित दस्तावेजमा बेलायती दुतावासले बीपीको वारेमा गरेको रिपोट यस्तो छ ‘यो मान्छे यति चञ्चल र तीक्ष्ण बुद्धिको छ, यो राजनीतिमा बस्यो भने खलबल गर्छ, यसलाई पढ्नलाई छात्रवृत्तिमा बोलाऊ। बीपी स्वदेश आएको भोलिपल्ट फागुन ४ गते राजा स्वदेश फर्किदै थिए।

त्यति बेला त्रिचन्द्र क्याम्पसमा आइएससी पढ्दै गरेका इञ्जिनीयर शंकरनाथ रिमालले भनेका छन् ‘डकोटा जहाजबाट त्रिभुवन ओर्लिएपछि मोहनशमशेरले स्वागत गरे। हामी विद्यार्थीलाई राजाको स्वागत गर्न पहिलो लहरमा राखिएको थियो। मोहनशमशेरले हाम्रो अगाडीबाट राजालाई लिएर आउँदा हामीले नारा लगायौ-त्रिभुवन जिन्दावाद, मोहनशमशेर मुर्दावाद।’ देशद्रोहीको आरोपमा राजगद्दीबाट निस्कासित त्रिभुवन पुन राजाका रुपमा स्थापित भए।

विश्व इतिहासमा यस्तो घटना दुर्लभै हुन्छ। अनी २००७ साल फागुन ६ गते शनिबारका दिन श्री ३ महाराज मोहन शमशेरले ‘तत्कालीन राजा सुरेन्द्रबाट आफ्ना पूर्खा जंगवहादुर राणा शासन सत्ता सञ्चालन गर्न कार्यकारी अधिकार दिइएको पञ्जापत्र राजा त्रिभुवनलाई नारायणहिटी दरबारमै गएर फिर्ता गरे (गौतम, २०५५ : ४८६)।’ राजाको नाममा राणाले शासन गरेको १०४ वर्ष पुरा भएको थियो। निर्णय राणा प्रधानमन्त्री गर्थे।

राजाको लालमोहर लगाए पछि मात्र त्यो सदर हुन्थ्यो। अन्तिम राणा प्रधानमन्त्री मोहनशमेरले सिंहदरवारमा रहेको लालपेटी (बाकसभित्र पञ्जापत्र र लालमोहर थियो) को साँचो र तीन चाँद नारायणहिटीमा बुझाए पछि विधिवत रुपमा राणाको अधिकार कटौती भयो।

राणा प्रधानमन्त्रीहरूको निवास सिंहदरवार नेपाल सरकारको सचिवालयका रुपमा रहने घोषणा गरियो। २००७ साल फागुन ७ गते राजाबाट राणा शाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको घोषणा हुदै थियो। नेपालकको इतिहासमा पहिलो पटक सत्ता हस्तान्तरणका लागि आयोजित समारोहमा राणा र कांग्रेसका तर्फबाट पाँच पाँच सदस्यलाई समावेश गरी मन्त्रीमण्डल गठनको तयारी भैरहेको थियो। त्यस अघिका प्रधानमन्त्रीहरू अकालमा पारिएका थिए। वा धपाइएका। तर क्रान्ति पछिको अन्तरिम सरकारमा सहमति वमोजिम मोहनशमशेर प्रधानमन्त्री भए। कांग्रेसको नेतृत्व गर्दै गृहमन्त्री बीपी दोस्रो वरियतामा रहने तयभयो।

राज ज्योतिषले तय गरेको साइतमा सपथको औपचारिक समारोह प्रारम्भ भयो। पुरानो प्रथा तोडिएर मुलुक नयाँ युगमा प्रवेश गर्दै थियो। राजालाई सलामी दिए पछि प्रधानमन्त्रीलाई दिइयो। श्री ३ का रुपमा मोहनशमशेरको त्यो अन्तिम सलामी थियो। अनी राजा त्रिभुवनले ‘आफ्ना जिजुबुबा श्री ५ सुरेन्द्रका तर्फबाट मुलुकको शासनभार श्री ३ जंगवहादुर राणाको परिवारलाई दिइएको अधिकार फिर्ता लिएको घोषणा गरे। अनी अब उप्रान्त जनताले निर्वाचित गरेको एक बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार मुलुकको शासन सञ्चालन हुने घोषणा गरे।’

राजाको घोषणा पत्रमा लालमोहर लगाउने प्रकृया पुरा गरियो। अनी उनले प्रधानमन्त्री मोहन शमशेरलाई सपथ गराए। प्रधानमन्त्री पदको सपथ लिने उनी मुलुककै पहिलो प्रधानमन्त्री वने। संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्राध्यक्षले प्रधानमन्त्री र प्रधानमन्त्रीले मन्त्रीहरूलाई सपथ गराउने चलन छ। तर कांग्रेसले जसका विरुद्व क्रान्ति गरेको थियो।

मन्त्रीहरूले उनैसँग शपथ लिन नपरोस् भन्नका लागि राजासँग अलग-अलग सपथ लिने व्यवस्था पहिल्यै मिलाइएको थियो। सधै कुर्ता सुरुवाल र सेरवानी लगाउने बीपी पहिलो पटक दौरा सुरुवालमा सजिएका थिए। आफ्नो नाम वोलाइए पछि दुई हात जोडेर टाउको निहुराउदै उनले राजालाई नमस्कार गरे। अनी शपथ लिए। 

अब पालो आयो दरवारको तौर तरिका बुझेका सुवर्णको। उनले त झन आधा शरिर झुकाएर राजाको दर्शन गरे। बीपीले राजासामु टाउको झुकाएको समेत मन नपराएका गणेशमानलाई सुवर्णले आधार शरिर झुकाएको देखे पछि त झन कांग्रेसको इज्जतै फाले भन्ने पर्‍यो। त्यसैले आफ्नो पालामा उनी शिर र शरिर झुकिहाल्ला की भनेर वढी नै सचेत थिए।

राजासामु टाउको निहुराउदा कांग्रेस र क्रान्तिको शिर झुक्छ भन्ने वुझाई उनको थियो। गणेशमानले ठाडै दुई हात जोडेर नमस्कार गरे। अनी राजासँग शपथ लिए। यसरी राणा शासनको अन्त्य भएर मुलुक नयाँ युगमा प्रवेश गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

५ वैशाख २०८०, मङ्गलबार
झिनो अङ्कले घट्यो नेप्से