७ वैशाख २०८१, शुक्रबार

नेपालको कूटनीति किन कमजोर?

  • २७ मंसिर २०७९, मङ्गलबार
Image

एक स्वतन्त्र र सार्वभौम मुलुक नेपाल शक्तिशाली देश भारत र चिनको बीचमा पर्छ। नेपाल भौगोलिक रुपले सानो भए पनि दुई शक्तिशाली राष्ट्रलाई जोड्ने कडीको रुपमा एक मितेरी पुल भनेको छ। त्यसैले पनि नेपाल सधै सबैको चासोको विषय बन्‍ने गर्दछ।

तुलात्मक दृष्टिकोणले भारतसँग नेपालको सांस्कृतिक, आर्थिक, आदानप्रदान गहिरो छ। यतिमात्र होइन भारतसँगको नेपालको सम्बन्ध पौराणिक समय देखि नै गहिरो मित्रता रहेको छ। चीनभन्दा नेपालको सीमा भारतसँग नजिक छ। नजिकै भएपछि कहिलेकाहीँ सम्बन्धमा तलमाथि हुनु स्वभाविक नै हो। चिसोपनको कारण पनि भारत आफैँ हो, कहिले आन्तरिक मामिलामा हस्तक्षेप, कहिले एकतर्फी ज्यादती सीमा मिच्‍‍ने,कहिले नाकाबन्दी गरिदिने आदि कुराहरु हुन्, विगतकै समयमा हेर्ने हो भने पनि प्रत्येक्ष-अप्रत्यक्ष रुपमा भारत सधैँ चाहन्छ कि नेपाल सधैँ भारतको छत्रछायामा बसोबास र अन्य मुलुकसँग भन्दा भारतसँग नै आत्मानिर्भर रहिरहोस्। 

ऐतिहासिक घटनाक्रमलाई हेर्दा खासगरी सन् १९५१ देखि १९५५ को अवधिसम्ममा पनि नेपाल माथि भारतको प्रभाव र प्रभुत्व  अत्यधिक रुपले कायम रहेको पाइन्छ। यहि कारणले पनि नेपालले भारतसँग बाहेक नेपालको सम्बन्ध विश्व राष्ट्रहरुसँग पनि विस्तार हुँदै गएको थियो र सफल हुन गयो। यो कुरा भारतलाई मन परेको थिएन। खासगरी  सन् (१९५१-५५)  र भारतले नेपालको राजनिति गतिविधिमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संलग्‍न हुन पुगेकोले नेपालमा भारतीय हस्तक्षेपविरुद्ध विभिन्‍न समुदायबाट आवाज निस्कन थाल्यो। यहाँ सम्मकी जुन १९५१ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल भ्रमणमा आउँदा कम्युनिस्ट र प्रजापरिषद्‌का कार्यकर्ताले कालो झण्डा देखाउन पुगे। 

यतिमात्र नभएर भारतीय राजदुत चन्द्रेश्वर प्रसाद नारायण सिंहले राजदरबार र नेपालको प्रशासनमा हस्तक्षेप गर्न थालेको हुँदा उनलाई भारतले फिर्ता बोलाउनु पर्ने मागका साथ भारतको व्यापक विरोध भएको थियो। अब अहिले भने प्रत्यक्षरुपमा भारतले नेपालको भूमिको सीमा मिच्दा, महाकालीमा बाँध बाध्दासमेत न कार्यकर्ता बोल्छ्न् न प्रशासन न नेपाल सरकारनै आखिर किन मौन छ सरकार? किन गर्दैन कूटनीतिक पहल? कूट्नीतिमा बलियो रहँदै आफ्नो दुई छिमेकीलाई सधै सन्तुलनमा राख्ने नेपाल अहिले किन चुक्दै छ? सधैँ आफ्नो भूमि लुटिँदा पनि किन  सरकार प्रशासनहरु मौन छ्न्, के नेपालको कूटनीति यति कमजोर भएको हो? यो आमजनताको प्रश्न रहेको छ। 

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भूमि हो भनेर विभिन्‍न प्रमाण प्रस्तुत गरेर प्रमाणित हुँदा पनि एकतर्फी रुपमा भारतले नेपाललाई हेपेर मनोमानी गर्दै निर्माणको काम थालिनी गरिरहेको छ। यति मात्र नभएर दार्चुलाको ब्यास गाउँमा महाकाली नदीको धारको स्वरुप नै परिवर्तन गर्ने र बाँध लगाएर पानीको बाहावको धार सबै नेपालतर्फ फर्काएको छ। यो ज्यादतीले केही दिन अघि मात्र दार्चुलाका ब्यास छाङ्ग्रु स्थानीयहरुको वारिपारी ढुङा गिटि गुलेलीले हानाहान भएको थियो। 

स्थानियहरु पटक-पटक सरकारलाई चिच्याई-चिच्याई भन्छन्- हे सरकार भारतले एकतर्फी रुपमा नेपाललाई हेपेर बाँध बाँधेर हाम्रो बिचल्ली भयो तर सरकार, प्रशासन भने सधै मौन। केपी शर्मा ओली केही समय अघि गएर बैठक बसेका थिए, त्यसबखत भारतले २१ दिन भित्रमा बाँध निमार्ण रोक्‍ने भनेर भनिए पनि बाँध एकपछि अर्को गरेर बनाउँदै छ।

नेपाल सरकारलाई के थाह हामीलाई धम्की दिएको छ मर्नु बाँच्नु भएको छ। तर पनि हामी डराउँदैनौँ माहाकाली पहिला जहाँ थियो, त्यही हुन पर्छ। बीचबाट बग्‍ने नदी अहिले पुरै धार नेपालमा बग्छ भनेर पटक-पटक दार्चुलाका स्थानिय भनिरहन्छ्न् । २०७० सालको क्षति सायदै स्थानियले भुलेका होलान् कति घर बगायो स्थानीयहरु डुबानमा परे। नेपाल सरकारले रु ३५ हजारसँग साहानुभूतिबाहेक केही दिन सकेन्। पटक-पटक बाँधिने बाधका कारण १०४ घरहरु बगाइसकेका छन्। दार्चुलाका जनता कसरी एक्लै भारतको ज्याजतीसँग लडिरहेका छ्न्, यो पीडा कसले बुझेको होला र यो सब आँखा अगाडि हुँदा बैठक राखौं कुट्नितिक पहल गरेर समधान गरौं भन्ने विषय कहिले उठ्दैन। 

सत्ता परिवर्तन भयो, शासक परिवर्त भए, जुनै परिवर्तन भए पनि आफ्नो भूमिको सीमा मिच्दा कोहि नबोलेको देख्दा लाग्छ आखिर यो सरकार प्रशासन कस्को र कस्का लागि? देशको शासकको पहिलो कर्तव्य र धर्म हो, आफ्नो देशको भूमी र जनताको रक्षा गर्नु तर नेपालका शासकहरु न देशको रक्षा गर्छन् न जनताको नै। भर्खरै निर्वाचन सकियो स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकार हेर्दा जताततै सरकार नै सरकार। तर, कुनै पनि सरकारले भारतसँग कूटनीतिक पहलबाट सीमाको विवाद मिलाउन सकोस् वा यो ज्यादतीको प्रतिकार गर्न सकोस्। 

भारतले एकतर्फी नेपाललाई हेपेर जे गर्दैछ, त्यो गलत गर्दैछ र भारतले पनि नभुलोस नेपाल बिना भारत शक्तिशालीको कल्पना नगरे हुन्छ। स्मरण रहोस्- जब नेपाल स्वतन्त्र नै थियो र भारत परतन्त्रको चपेटामा अंग्रेज़को बुट मुनि दबेको थियो, त्यसबखत नेपाल बाट हजारौं लाखौंको संख्यामा युवाहरु भारत गएर 'भारत छोड आन्दोलन, भारत स्वतन्त्र आन्दोलन'मा सरिक भएर कति नेपालीहरु जेल गए कतिले ज्यान दिए। छोड फिरङी हिन्दुस्तान हामारा हे भन्दै नेपालीहरुले भारतलाई स्वतन्त्र गराउन  रगतको खोला बगाएका छन्। अहिले पनि वीर गोर्खाली भारतमै भर्ती छ्न्, तर सबै कुरा सम्बन्धलाई बिर्सेर नेपाललाई हेपेर नेपालको सीमा हड्प्ने नियतिबाट के प्रष्ट हुन्छ भने अंग्रेज़ले भारतलाई छोडे स्वतन्त्र गराए पनि अर्काको सीमा हड्प्ने आँखा लगाउने जबर्जस्ती खोस्ने  मन्त्र भने भारतले अहिले पनि जपिनैरहेको छ।

नेपालले कहिले पनि चाहेन, आफ्नो छिमेकीसँगको सम्बन्धमा तगारो आवोस्, नेपालको लागि दुई छिमीकी भारत र चीन भनेको दुई आँखाको नानी हो, दुबै महत्वपूर्ण छ र दुबै छिमेकीलाई सधै सम्मान पनि गर्छ। तर भारतले एकतर्फी तानाशा बन्दै नेपाल माथी जे गर्दै छ. अब नेपाल गम्भीर भएर लाग्न पर्ने अवस्था देखिन्छ। राज्यले  कूटनीतिक पहल छिटो भन्दा छिटो गरेर अनुभवी कुट्नितीज्ञहरुको विशेष दूतको रुपमा भारत पठाइ त्यहाँको अवस्था, समस्या, मजबुरी, उपाय, प्रक्रियामा छलफल गर्न पठाई भारत-नेपालबीचको सम्बन्ध प्रगाढ बनाउँदै समस्याको समाधान गरियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर