८ कार्तिक २०८३, शनिबार

प्रचण्ड–माधव भेट, एमसीसीबारे छलफल

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे समान धारणा राख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्‍त प्रतिक्रिया दिँदै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा धारणा राख्ने बताए। 'नेताहरूको जिब्रो खुकुलो हुन्छ भनेर फुत्काउन खोज्नुभएको होला धेरै बोलेर बिग्रियो। अब प्रधानमन्त्रीसँगै कुरा राख्छौँ,' उनले भने । गठबन्धनका शीर्ष नेताहरूबीच साँझ पाँच बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुँदैछ।

माओवादी केन्द्रले एमसीसीमा कांग्रेसले जबर्जस्ती गरे सरकार छोड्ने चेतावनी दिइसकेको छ भने एकीकृत समाजवादी पनि संशोधनबिना अघि बढाउन नहुने अडानमा छ। एमसीसीका कारण गठबन्धनभित्र तीव्र ध्रुवीकरण बढिरेहको बेला शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन् । आजको छलफल गठबन्धनको भविष्य र एमसीसीबारे निर्णायक हुने नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर