२३ वैशाख २०८१, आइतबार

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

  • २९ माघ २०७९, आइतबार
Image

काठमाडौं- आन्दोलनरत चिकित्सक र सरबारबीच आइतबार ६ बुँदे सहमति भएको छ। सहमतिपछि चिकित्सकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

माघ २७ गते शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा जेनिथ सि‌ंहलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो।

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर