९ कार्तिक २०८३, आइतबार

राजनीति प्रणाली ठिक हुनुपर्छ:नेता सिह

  • १९ फागुन २०८०, शनिबार
Image

२०८० फागुन १९ शनिबार

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले राजनीति प्रणाली ठिक नभए सम्म अरु कुनै पनि कुरा ठिक हुन नसक्ने बताएका छन।  

आज उधोग बाणिज्य संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिहले राजनीतिक प्रणाली ठिक ठाउँमा पुर्याउनुपर्ने र सरकारको आर्थिक नितिमा केही कमीकमजोरी देखिएकाले आर्थिक क्षेत्रमा समस्या देखिएको बताएका हुन्।   

उनले अहिलेको असहज अवस्थामा नआतिकन आफ्नो ब्यवसायमा लाग्न उधोग व्यवसायीलाई आग्रह गरे। सरकार र पार्टीले मुलुकको  अर्थतन्त्रको सुधारमा गम्भीरताका साथ कदम चाल्ने बताए।  

कार्यक्रममा सहभागी उधोगि व्यवसायीलाई काम गर्ने अवस्था नरहेको चिन्ता व्यक्त गर्दै सरकार र नेपाली कांग्रेसले विशेष ध्यान दिन आग्रह गरेपछि नेता सिहले सो कुरा बताउनु भएको हो। कानुनि रुपमा देखियका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफुहरु लाग्ने बताए। नेता सिह नेपाली कांग्रेस चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर