९ कार्तिक २०८३, आइतबार

कांग्रेसको पदाधिकारीमा ३३ प्रतिशत महिला हुने व्यवस्था गरौं : डा. आरजु राणा

  • ११ फागुन २०८०, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले पार्टीको संरचनामा पदाधिकारीमा ३३ प्रतिशत महिला हुने व्यवस्था गर्नुपर्ने बताएकी छन्। 

महिला महासमिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै डा. देउवा भनिन्, 'हामीले महासमिति बैठकमा पनि उठाएको छौं कि पार्टीको वडा तहदेखि केन्द्र तहसम्म पदाधिकारीमा ३३ प्रतिशत महिला हुने व्यवस्था गरौं भनेका छौं।' 

पार्टीमा महिला नेतृत्व विकास भइसकेको उल्लेख गर्दै केन्द्रीय सदस्य डा. देउवाले निर्वाचनमा पनि महिलाहरु उम्मेदवारहरुबीच नै प्रतिस्पर्धा  हुने व्यवस्था गराउनुपर्ने बताएकी छन्। 

डा. देउवाले महासमिति बैठकमा सक्रिय सहभागिता जनाएकोमा महिला महासमिति सदस्यहरुको प्रशंसासमेत गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर