काठमाडौं- नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ।
पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद गिरीलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय सोमबार सत्ता साझेदार पार्टीहरुको बैठकले गरेको थियो।
सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित आठ वटा मन्त्रालय परेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation