९ कार्तिक २०८३, आइतबार

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सह–चालकको  मृत्यु

  • ७ फागुन २०८०, सोमबार
Image

२०८० फागुन ०७ सोमबार

काठमाडौं- टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको देव दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना भएको हो। दुर्घटनामा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा परी टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर