राजविराज- गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचितन भएका हुन्। जनमत पार्टीबाट उम्मेदवार भएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे।
गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सिंहलाई नेपाली कांग्रेसका अरुण मण्डलले पराजित गरेका थिए। गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाए। साह मधेस प्रदेश सरकारको अर्थमन्त्री थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation