१९ वैशाख २०८१, बुधबार

विश्वविद्यालयको उपकुलपति नियुक्तिमा चर्को विरोध

  • ६ फागुन २०८०, आइतबार
Image

२०८० फागुन ०६ आइतबार

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि बनाइएको मापदण्डका विषयमा चर्को विरोध भइरहेको छ ।

काठमाडौँ- फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको छ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा आज बसेको बैठकले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया स्थगित गरिएको हो।

हाललाई दुवै विश्वविद्यालयको उपकुलपति नियुक्ति दरखास्तको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको थियो । 

   

दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्तको प्रक्रिया स्थगित भएको हो 

त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो 

 

प्रतिक्रिया

सम्बन्धित खवर