९ जेठ २०८१, बुधबार

बिजुलीको तारमा चढेका ‘माइला’ को सेनाले गर्‍यो उद्धार

  • २८ जेठ २०७९, शनिबार
Image

काठमाडौं- नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका व्यक्तिको नेपाली सेनाले उद्धार गरेको छ। उनको झण्डै १० घण्टापछि उद्धार भएको हो ।

विपद व्यवस्थापन टोलीसहित ककनी पुगेको हेलिकप्टरबाट ती व्यक्तिको उद्धार गरिएको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरे। बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका थिएनन् ।

माइलाको उद्धार हेलिकोप्टरबाट मात्रै सम्भव देखिएकाले नेपाली सेनाको चारजनाको टोली हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर