१५ चैत २०८०, बिहिबार

गठबन्धन बैठकअघि ओली-प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

  • २८ पुष २०७९, बिहिबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। सत्तारुढ गठबन्धनको बैठकअघि बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच मन्त्रिपरिषद् विस्तार र सभामुख, उपसभामुख निर्वाचनलगायत विषयमा एक्लाएक्लै छलफल भएको छ। प्रचण्ड र ओलीबीचको छलफल सकिएपछि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा नै बस्न लागेको छ।

प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो। सोही अनुसार बुधबार पनि ओली निवास बालकोट पुगेर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर