२ जेठ २०८१, बुधबार

निर्वाचन आयोगमा दर्ता भएका ८४ दलमाथि जाँचबुझ सुरु

  • १ भदौ २०७९, बुधबार
Image

काठमाडौं- संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन्।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गरिनेछ। राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन् कि छैनन् ? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर