८ कार्तिक २०८३, शनिबार

१४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा : बुङ्गल नगरपालिकाको ऐतिहासिक सफलता

  • २८ माघ २०८०, आइतबार
Image

काठमाडौं- जिल्ला खेलकुद समितिको आयोजना र केदारस्युँ गाउँपालिकाको सहआयोजनामा सञ्चालन भएको जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समपन्न भएको छ।

 

जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बझाङको बुङ्गल नगरपालिकाले 

 जितेको छ । बुगंलले पहिलोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो।

 

केदारस्युँ गाउँपालिका–९ झोतामा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक १३ स्वर्ण, २ रजतसहित बुङ्गल शिल्ड उपाधि जितेको हो। प्रतियोगितामा विभिन्न खेलमा १३ स्वर्ण, २ रजतसहित जम्मा १५ पदक जितेको नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिए ।

 

स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिएका थिए। यस्तै छात्रातर्फको मञ्जु खडायतले एक सय मिटरको छोटो दौड र लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् ।

 

निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण पदक प्राप्त गरिन । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका हुन।

 

यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका छन्।प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेको थियो। प्रतियोगितामा केदारस्युँ गाउँपालिकाले ६ स्वर्ण, ६ रजत र ५ काँस्य गरी जम्मा ११ पदक जितेर दोस्रो भएको छ । यस्तै जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ काँस्य गरी १४ पदक हातपार्दै तेस्रो भएको छ ।

 

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए।

 

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ । जिल्ला खेलकुद समितिको आयोजना र केदारस्युँ गाउँपालिकाको सहआयोजनाका प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर