काठमाडौँ- क्यानडाविरुद्धको एकदिवसीय
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई २४ रन बनाएको
छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अविजित १६ र आसिफ शेख अविजित चार रन
बनाउँदै क्रिजमा छन् ।
सन् २०१८ मा एकदिवसीय
अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो
शृङ्खला हो।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय
क्रिकेट मैदानमा क्यानडा र नेपालबिच
तीनवटा एकदिवसीय खेलको शृङ्खला हुदै छ।
क्यानडाविरुद्धको एकदिवसीय
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। सन् २०१८ मा
एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो
पहिलो शृङ्खला हो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation