काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६९८ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितिको संख्या २८० पुगेको छ। मन्त्रालयका अनुसार सो अवधिमा १७ जना संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation