काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ।
उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक
आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएको थियो ।
तर, अस्पताल पुर्याएलगत्तै
चिकित्सकले मृत घोषणा गरेका हुन। न्यायपरिषद्ले गत पुष १८ मा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना
न्यायाधीश नियुक्त गरेको हो।
रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका
थिए। उनको आज उच्चमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त
इजलास तोकिएको थियो।
उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ। यसबारे पाटन उच्च
अदालतमा बुझ्दा एक अधकारीले भने, ‘हामीले यो अप्रिय खबर सुनेपछि, अस्पताल गईरहेका छौ ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation