काठमाडौं- चाँदीको छातासहित राम मन्दिरको गर्भगृहमा पसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजापाठ गरे। अन्य १४ जजमानसहित पूजापाठ गरेका मोदीले गर्भगृहमा स्थापित भगवान रामको प्रतिमाको आँखाको पट्टी खोलेका छन्।
भारतीय प्रधानमन्त्री मोदीसँगै संघ प्रमुख मोहन भागवत, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेन्कैया नायडु, खर्बपति मुकेश-नीता अम्बानी, गौतम अडाणी, अमिताभ बच्चन, रजनीकान्त पनि प्राण प्रतिष्ठा समारोहमा सहभागी छन्।
मोदी प्रवेश गरेपछि विशेष पूजापाठ सकेर प्राण प्रतिष्ठा गरिएको हो। अब आइतबार नै आरतीको समयमा सबै अतिथिले घण्टी बजाउनेछन्। सेनाको हेलिकोप्टरबाट अयोध्यामा पुष्पवृष्टि गरिएको छ।
सोमबार बिहान समारोहको सुरुवात मंगल ध्वनिबाट भएको थियो। बिहानैदेखि १८ राज्यकाा ५० बाद्ययन्त्र अयोध्यामा बजाइएको थियो। प्राण प्रतिष्ठापछि प्रधानमन्त्री मोदी मन्दिर बनाउने मजदुरलाई भेट्दैछन्। उनले अयोध्यामै भगवान शिवको पूजा गर्दैछन्।






© Lok Kalam . Designed and Developed by Goldenmud Creation