काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन्। खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्व आईजीपी सर्वेन्द्र खनाललाई हराएका हुन्। उनले ८ हजार ९११ मत मात्र पाए। नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले ८ हजार ८०५ ल्याउँदै तेस्रो स्थानमा सीमित बने। राप्रपाका विष्णुप्रसाद आचार्य २ हजार १८५ मत ल्याए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation