काठमाडौं- जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ। जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दाबी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए।
सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन्। पार्टीको बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष साहले बताए।
सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन्। यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो।
यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ। गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ। उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation