८ कार्तिक २०८३, शनिबार

म काटिएर कांग्रेसका अरू नेतालाई जोगाएँ : महेन्द्र यादव

  • ५ पुष २०८०, बिहिबार
Image

काठमाडौं- कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले आफू काटिएर पार्टीका अरू नेतालाई काटिनबाट जोगाएको बताएका छन्। केन्द्रीय समितिको बैठकमा सोमबार बोल्दै यादवले कांग्रेसप्रति धेरै आक्रोश देखिँदा आफूमाथि खुकुरी प्रहार भएको बताएका हुन्। 

“मेरो हत्या प्रयास गर्ने मान्छेसँग कुरा गर्न मैले एकजना पूर्वइन्सपेक्टरलाई पठाएको थिएँ। उनले भनेछन्– मैले महेन्द्र यादवलाई चिनेको पनि थिइनँ। राम्ररी देखेको पनि थिइनँ । तर, म चार पाँच दिनदेखि कांग्रेसी काट्ने अभियानमा हिँडेको थिएँ। जुन खुकुरीले जुनसुकै कांग्रेसी काटिन सक्थे,” सहमहामन्त्री यादवले भने, “कांग्रेसका जोसुकै पनि काटिन सक्थे, म काटिएर अरु कांग्रेसी पनि काटिन सक्थे। म काटिएर कांग्रेसी काटिन जोगाएकोमा खुसी व्यक्त गर्दछु । सभापतिजी, कांग्रेसी काटिने अवस्था नबनोस् भनेर म भन्न चाहन्छु।”

उनले अहिलेसम्म सत्तामा कांग्रेसबाहेकका अन्य पार्टी पनि बसेको भन्दै कांग्रेसलाई नै लक्षित गरेर काट्ने अभियान कहाँबाट किन चल्दै छन् भनेर पनि खोजिनुपर्ने बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर