काठमाडौं- कार्यबाहक प्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्विकार्नुपर्ने बताएका छन्।
उनले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा नसुनी प्रश्न गरेको भन्दै धैर्यताका साथ सुनेर प्रश्न गर्न आग्रहसमेत गरे। सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उपसभापति खड्काले आफू राजनीतिमा लाग्दा ताली र गालीलाई ग्रहण गर्छु भनेर स्वीकारेको बताए।
उनले भने, ‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालाई स्वीकार गरेको छु। सबै कुरालाई स्विकार्नुपर्छ र जवाफ दिनुपर्छ। स्पष्ट पार्नुपर्छ।’
उपसभापति खड्काले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा सुन्नुपर्नेमा जोड दिँदै आधा कुरा सुनेर आक्रोशित नहुन आग्रह समेत गरे। शिक्षकहरूको आन्दोलनलाई जुन हदसम्म सहमति गर्न सकिन्थ्यो त्यो गरेको उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation