काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन्। घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए।
नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न घिमिरेले संयोजकबाट राजीनामा दिएका हुन्। उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार बन्न लागेका छन्।
नेपाली कांग्रेसको १४औं महाअधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए। घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation