१० असार २०८१, आइतबार

कागेश्वरीका मेयर उपेन्द्र कार्कीको पहलमा खहरे व्यवस्थापनको तत्कालीन र दीगो उपाय खोजिने

  • २३ साउन २०८०, मङ्गलबार
Image

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खहरे व्यवस्थापनको विषयमा तत्कालीन र दीगो उपाय खोज्नका लागि पहल थालेका छन्।

मेयर कार्कीले वर्षातको समयमा खहरे उर्लिँदा स्थानीयबासीलाई असर गर्ने भएकोले यसको व्यवस्थापनका लागि पहल थालेका हुन् ।

उनले मंगलबार कागेश्वरी नगरपालिकाका वडा ८का अध्यक्ष हरिभक्त पुडासैनी ९ का अध्यक्ष अनिल थापा तथा सदस्य, काठमाडौं महानगरपालिका ३२का वडा अध्यक्ष नवराज पराजुली लगायत जनप्रतिनिधि तथा प्राविधिकहरुसँग बैठक गरी तत्कालीन र दीर्घकालीन उपाय खोजि गर्ने विषयमा छलफल गरेका हुन्।

मेयर कार्कीको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरपालिका, नागरिक उड्डयन प्राधिकरण, उपत्यका विकास प्राधिकरण र स्थानीयबासिन्दाहरूबीच काठमाडौं महानगर र कागेश्वरी नगरपालिकाको सिमानामा रहेको खहरे व्यवस्थापनको विषयमा दिगो उपाय खोज्न बृहत छलफल गर्ने निर्णय गरेको हो।

यससँगै खहरेमा पानी सजिलै बग्नको निम्ति समस्या हुने स्थानहरूमा प्राविधिकको सल्लाहमा तत्काल जाम खोल्ने निर्णय पनि गरिएको छ।

यसका लागि दुबै नगर‌पालिका र स्थानीय बासिन्दाहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। मेयर कार्कीले स्थानीयबासीको समस्या समाधानमा रातदिन खटिरहेका छन्। यसअघि डेंगु नियन्त्रणका लागि पनि मेयर कार्कीले सचेतना जगाउने र लामखुट्टे बस्ने पानी जमेका खाल्डाहरु पुर्न पहल गरेका थिए।








प्रतिक्रिया

सम्बन्धित खवर