८ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनीत

  • २९ फागुन २०७९, सोमबार
Image

काठमाडौं- सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको संसदीय दलको उपनेता मनोनीत भएका छन्। एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार दलको उपनेता मनोनीत गरेका हुन्।

नेम्वाङ अघिल्लोपटक पनि दलको उपनेता थिए। नेम्वाङ हालै भएको राष्ट्रपति चुनावमा पराजित पनि भएका थिए। अध्यक्ष ओलीले यसअघि पदम गिरीलाई प्रमुख सचेतक र महेश बर्तौंलालाई सचेतक मनोनीत गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर