काठमाडौं- असार मसान्त सकिनै लाग्दा नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिबार बैंक खोल्न निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिबार र असार ३० गते शनिबार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिएको हो।
यस्तै असार ३१ गते पनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न सूचनामा भनिएको छ। चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation