काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल तरण दल काठमाडौंका अध्यक्ष अध्यक्ष कृष्ण जी खड्काको संयोजकत्वमा निर्वाचन सुरक्षा समन्वय समिति गठन गरिएको छ।
नेपाली कांग्रेसले आगामी निर्वाचनको सुरक्षा समन्वय तथा जनचेतना प्रवाह गर्ने उद्देश्यले केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समितिको निर्देशन अनुसार खड्कालाई काठमाडौंको संयोजकमा मनोनित गरेको हो।
उनको संयोजकत्वमा ११ सदस्यी सचिवालय पनि गठन गरिएको छ। सचिवालय सदस्यमा अनमोल श्रेष्ठ, अमृत मानन्धर, सितल बस्नेत, उद्धव खत्री, दिपक थापा, देवदूत अधिकारी, दिलिप थापा, गजेन्द्र पुडासैनी, अनिश कार्की र सुरज बास्कोटा सदस्य रहेका छन्।
खड्काले काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन सुरक्षा समन्वय समितिका लागि संयोजक पनि तोकेका छन्।
कांग्रेसले यसअघि केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समिति र केन्द्रीय सचिवालय गठन गरेको थियो।










© Lok Kalam . Designed and Developed by Goldenmud Creation