८ कार्तिक २०८३, शनिबार

एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  • २० असार २०८०, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाएको कांग्रेस कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए।

बुधबार बिहान धुम्बाराहीस्थित निवासमा सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगको छलफल पछि केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

कांग्रेसको केन्द्रीय समिति बैठक एक वर्षदेखि बस्न सकेको छैन। यसअघि कांग्रेस केन्द्री समिति बैठक अघिल्लो वर्ष २७ असारदेखि २ साउनसम्म बसेको थियो। विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ।

केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर