काठमाडौं- सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत खारेज गरिदिएको छ। भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले नवीकरण नगरेका निर्माण कम्पनीको इजाजत खारेज गरेको हो।
अधिकांश ग वर्गका कम्पनीको इजाजत खारेज भएको छ। क र ख वर्गका २ ठूला निर्माण कम्पनीको पनि इजाजत खारेज भएको छ। दीपक कुमार श्रेष्ठको पृथ्वी नेपाल कन्स्ट्रक्सन र राधाकृष्ण कार्कीको टौदह कन्स्ट्रक्सनको इजाजत खारेज गरिएको छ।
त्यस्तै झलक कन्स्ट्रक्सन, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सि.एम देवान निर्माण सेवा, पुनम श्री निर्माण सेवा, नुम्बर निर्माण सेवा, सारस कन्स्ट्रक्सन, बराह कन्स्ट्रक्सन, न्यु हिमालयन विल्डर्स, जगत्रदेवी निर्माण सेवा, ओझा कन्स्ट्रक्सनको इजाजत खारेज भएको छ।
त्यसबाहेक मालिका निर्माण सेवा, युएस विल्डर्स, सेरावेशी महादेव, जोर पोखरी, शेरा निर्माण सेवा, शिरशिरे दिमालुङ्ग निर्माण सेवा, किलिमञ्जारो, कालिका निर्माण सेवा, धमला निर्माण सेवा, जे.बी विल्डर्स, जेपी, सुरमल सोनी, बिरौटा, कन्स्ट्रक्सन, महालक्ष्मी निर्माण, विश्व निर्माण, जुपिटर, युवराज कन्स्ट्रक्सन र नरेश निर्माण सेवा कम्पनीको इजाजत खारेज गरिदिएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation