९ कार्तिक २०८३, आइतबार

माधवजी र मैले फेरि नेकपातिर फर्किनुपर्छ भनेका छौं : प्रचण्ड

  • १७ असार २०८०, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन्। आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रममा उनले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरेको उनले बताए।

आफू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपातर्फ फर्किनुपर्ने पक्षमा रहेको उनको भनाइ थियो। समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकतावद्ध गर्ने प्रयास सुरु पनि भइसकेको उनले बताए। तत्कालीन नेकपामा हुँदा भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको उनले बताए।

'त्यहाँ विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ,' उनले भने, 'माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ।’


प्रतिक्रिया

सम्बन्धित खवर