९ कार्तिक २०८३, आइतबार

नेपाल पत्रकार महासंघले आज ६७ औं स्थापना दिवस मनाउँदै

  • १६ चैत २०७८, बुधबार
Image

काठमाडौं- नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले बुधबार आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा महासंघ केन्द्रीय समितिले रक्तदान, निशुल्क स्वास्थ्य परीक्षणलगायत विभिन्‍न कार्यक्रमहरु राखेको छ। प्रतिष्ठान प्रदेशुहितका १० वटै प्रदेश तथा जिल्ला शाखाहरुले बिहान प्रभातफेरी निकाल्‍ने कार्यक्रम छ।

दिवसका अवसरमा विभिन्‍न निकायले शुभकामना दिएका छन्। २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईसहितका अग्रहरुले स्थापना गरेको संगठनले विभिन्‍न उतारचढाव पार गरेको ६६ वर्ष पूरा भएको छ। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना भईरहेकाले पत्रकारको भौतिक र पेशागत सुरक्षाको चुनौती गम्भीर बनेको महासंघले जनाएको छ। 

स्थापना दिवसको अवसरमा महासंघले यस पटक पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ। पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो।

यो प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ। साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास छ।

चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा गरिएको छ। दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर