विराटनगर- पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन्।
माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।
उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन्। उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए। माओवादीबाट चापागाईं पार्टीको नेतृत्व गरेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा गएका थिए। बदलिएको राजनीतिक परिस्थित कारण देखाउँदै माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको हो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation