८ कार्तिक २०८३, शनिबार

प्रचण्ड र मोदीको कुराकानीमा उठेन अखण्ड भारतको नक्साको कुरा

  • १८ जेठ २०८०, बिहिबार
Image

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साको विषयले छलफलमा प्रवेश नपाएको त्यहाँ स्थित विदेश सचिव विनय मोहन क्वात्राले बताएका छन्।

भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत समेटिएको अखण्ड भारतको नक्सा भित्तेचित्र (म्युरल) का रूपमा राखिएको तस्वीर सार्वजनिक भएपछि नेपालमा विवाद भएको थियो । तर प्रचण्ड र मोदीबीच यस विषयमा कुनै पनि कुरा नउठेको भारतीय विदेशसचिव  क्वात्राले बताएका हुन्।

पत्रकार सम्मेलनका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा क्वात्राले यो विषय २ प्रधानमन्त्री बीचको संवादमा प्रवेश नगरेको बताए। ‘दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको भेटघाट र प्रतिनिधिमण्डल स्तरमा भएको बैठकमा यो कुरा नउठेको मेरो बुझाइ हो,’ क्वात्राको भनाइ छ। 

यसका साथै प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन तथा अग्निवीर परियोजनाका कारण गोर्खा भर्तीमा परेको समस्या लगायतका विषयमा पनि २ प्रधानमन्त्रीबीच कुराकानी नभएको जानकारी क्वात्राले दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर