काठमाडौं- सरकारले सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिकालाई दिने दिवा खाजा कार्यक्रम निरन्तरता दिएको छ। त्यसका लागि यस वर्ष ८ अर्ब ४५ करोड रकम विनियोजन गरिएको छ।
दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई अबदेखि जंक फुड दिन नपाइने सरकारले जनाएको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन्।
सोमबार दुवै संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण गरिरहेका छन्। सरकारले सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गराउन दिवा खाजा सञ्चालन गरिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation