९ कार्तिक २०८३, आइतबार

प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए

  • १५ साउन २०७९, आइतबार
Image

काठमाडौं- नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। ४ जिल्लाका इन्चार्ज फेरिएका छन् । ज्ञानेन्द्र्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ।

सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ। सिआईबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ।

सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्जको प्रमुखमा सरुवा गरिएको छ । तुलबहादुर कार्कीको लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा सरुवा भएको छ।  साउन ८ मा जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा गरिएका दिलिप घिमिरेको तेस्रो पटक काज गरिएको छ।

अहिले इलाममा सरुवा गरिएका घिमिरेलाई प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा सरुवा गरेको थियो। 



प्रतिक्रिया

सम्बन्धित खवर