२३ जेठ २०८०, मङ्गलबार

साँझ ६ बजेका लागि सर्‍यो संसद बैठक

  • १२ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक साँझ ६ बजेका लागि सरेको छ। पौने १ बजे स्थगित भएको बैठक सुरुमा तीन बजेका लागि सरेको थियो। तर, तीन बजे पनि बैठक सुरु हुन नसकेपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको छ।

सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल जारी राखेका छन्। १० पुसमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाएर अनियमितता गरेको बताएका थिए।

सोही विषयलाई लिएर आज एमालेले संसद बैठक अवरोध गरेको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर