काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिह ग्यासँ सिलिण्डर आगलागीमा परी घाइते भएका नेता चन्द्र भण्डारीलाई भेट्न अस्पतालमा पुगेका छन्। सिहले आज अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बुझेका हुन्।
सिहले भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे। भण्डारीको काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार गरिँदै छ। उपचारमा वरिष्ठ चिकित्सक डा.चक्रराज पाण्डे र उनको टिम संलग्न छ। भण्डारीको यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो।
गत फागुन ४ गते राति काठमाडौं बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन्। उनकी आमाको उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation