९ कार्तिक २०८३, आइतबार

शिक्षकको परीक्षामा प्रवेशपत्रसँगै परिचयपत्र पनि अनिवार्य

  • ४ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ। शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो ।

शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दैछ। परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ।

सोही आधारमा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर