९ कार्तिक २०८३, आइतबार

राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई मासिक ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

  • ९ असोज २०७९, आइतबार
Image

काठमाडौं- सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

आइतबार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनका लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा आइतबार उनले भने।

त्यस्तै सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्को बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकट क्षेत्र घोषणा गर्नेसहितका विभिन्न १३ निर्णय गरेको छ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ। 

                                   यस्ता  छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

          

प्रतिक्रिया

सम्बन्धित खवर