८ कार्तिक २०८३, शनिबार

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन

  • २८ वैशाख २०८०, बिहिबार
Image

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८–८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्न निर्देशन दिएको छ।

आयोगमा दर्ता भएका ८२ वटा राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यमबाट सार्वजनिक गर्न निर्देशन दिइएको हो। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने राजनीतिक दल मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई सो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको  भन्दै स्पष्टीकरणसमेत सोधेको छ।

यसैगरी आयोगबाट आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधिभित्र पेस नगरी सो समयावधि व्यतित भएपछि पेस गर्ने ९ राजनीतिक दल र सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १६ राजनीतिक दललाई सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधि भित्र किन पेस नगरेको हो भन्दै स्पष्टीकरण सोधेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर