काठमाडौं - एक गायिकामाथि बलात्कारको आरोपमा जाहेरी परेपछि अभिनेता पल शाहबारे प्रहरीले बुझ्न प्रहरीले फिल्म निर्देशक सुदर्शन थापालाई नियन्त्रणमा लिएको छ।
शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ गर्न प्रहरीले नयाँ बानेश्वरबाट थापालाई नियन्त्रणमा लिएर साेधपुछ थालेको हो। थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्।
थापालाई महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो। थापालाई शनिबार दिउँसो एक टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो। एक गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation