काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका-१ नयाँबस्तीमा स्थानीय सम्झना पन्तले ५० हजार रुपैयाँ फेला पारी प्रहरीलाई बुझाएकी छिन्।
आइतबार दिउँसो पन्तले उक्त रकम आनन्द टोल रमाइलो डाँडास्थित रहेको तनहुँ छाप्दी बाराही किराना स्टोर अगाडि फेला पारी महानगरीय प्रहरी बृत्त बालाजुमा बुझाएकी हुन्।
प्रहरीले प्रमाणसहित उक्त रकम धनीलाई दाबी गर्न सूचना जारी गरेको छ। आफूले फेला पारेको रकम प्रहरीलाई बुझाउने कार्यको उच्च मूल्याङ्कन गर्दै सम्झना पन्तप्रति महानगरीय प्रहरी परिसर काठमाडौंले धन्यबाद दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation