९ कार्तिक २०८३, आइतबार

करणले लिए पाँच विकेट, नेपाललाई छैटौँ सफलता

  • १६ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले छैटौँ विकेट गुमाएको छ। विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले खराब सुरुवात गरेको छ।

कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाएको छ। नेपालका लागि करण केसीले पाँच विकेट लिएका छन्। करण केसीले लगातार आफ्नो पाँच ओभरमा विकेट लिन सफल भएका हुन्। करण केसीले एद्नान इद्रिसलाई शून्य, मित भाभ्सरलाई पाँच, रविजा सन्दरुवनलाई ९, शिराज खानलाई तीन र मोहम्मद अस्लामलाई १४ रनमा आउट गराए।

सोमपाल कामीले परविन्दर कुमारलाई एक रनमा आउट गराए। करणले विकेट लिएसँगै फेरि वर्षा भएको छ। पानी परेको कारण नेपाल र कुवेतविरुद्धको खेल रोकिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। एक बढी पावर प्ले खेलेको कारण एक रन घटेसँगै कुवेतले २८१ रनको लक्ष्य पाएको हो।



प्रतिक्रिया

सम्बन्धित खवर