८ कार्तिक २०८३, शनिबार

१२ अंकले घट्यो नेप्से, ६४ करोडको कारोबार

  • २ कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- बुधबार शेयर बजारमापक परिसूचक नेप्से १२.८१ अंकले घटेर १८४५.५१ अंकमा बन्द भएको छ। कारोबार सुरु भएबाटै घटेर राताम्मे बनेको बजारमा लगानीकर्ताले जम्मा ६४ करोड रुपैयाँको मात्रै कारोबार गरे।

कारोबारमा आएका २ सय १६ कम्पीका २१ लाख ५१ हजार कित्ता शेयर लगानीकर्ताले २०  हजार २ सय ७४ पटक किनबेच गरे। किन्ने लगानीकर्ताको आकर्षण शेयरबजारमा नदेखिँदा अधिकांश उपसमूह राताम्मे बनेका छन्।

जसमा होटल समूह र म्युचुअल फण्ड उपसमूह भने हरिया बनेका छन् भने बाँकी सबै १२ उपसमूहको सूचक घटेर राताम्मे बनेका छन् । जसले गर्दा कारोबारमा आएका १ सय ५८ कम्पनीले गुमाए भने २३ कम्पनीले मात्रै थोरै कमाएका छन्।

कमाउनेमा आज अभियान लघुवित्त अगाडि छ भने सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड दोस्रो स्थानमा छन्। अभियानको शेयरमूल्य १० प्रतिशतले बढ्दा सयपत्री र सिटिजन्सको भने ९.९९ र ९.९४ प्रतिशतले बढेको हो।

घट्नेमा पिपुल्स पावर लिमिटेड अगाडि छ। यो कम्पनीको ७.७४ प्रतिशतले शेयरमूल्य घटेको हो। कारोबारमा भने आज सोल्टी होटल अगाडि छ भने नबिल बैंक दोस्रो स्थानमा छ।

सोल्टीको ३ करोड ७२ लाख रुपैयाँको कारोबार हुँदा नबिलको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको हो। 


प्रतिक्रिया

सम्बन्धित खवर