८ कार्तिक २०८३, शनिबार

निर्वाचन आयोगले भन्यो- दलहरूले चुनावमा महिलामाथि व्यापक विभेद गरे

  • २३ मंसिर २०७९, शुक्रबार
Image

काठमाडौं- काराजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि व्यापक विभेद गरेको  निर्वाचन आयोगले टिप्पणी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि ठूलो विभेद गरेको बताए।

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको आरोप समेत लगाए।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता रहेको र त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे।

उनले राजनीतिमा महिलाहरूमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि आग्रह गरे। सांसद गौतमले महिलाहरूलाई मुलुकको नेतृत्वमा पुर्‍याउनका लागि हौसला दिनुपर्ने आवश्यकता समेत औँल्याए। 


प्रतिक्रिया

सम्बन्धित खवर