८ कार्तिक २०८३, शनिबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

  • १५ वैशाख २०८०, शुक्रबार
Image

पोखरा- नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन्। मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन्।

माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई शपथ गराएका हुन्।

बिहीबार प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर