८ कार्तिक २०८३, शनिबार

गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

  • ९ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत मागेकोमा नपाएसँगै गत पुस २५ गते बनेको सरकार ढलेको हो।

मुख्यमन्त्री अधिकारीले संसदमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ सांसदले मत दिए। प्रदेशसभामा ६० जना सांसद छन्। सभामुख कृष्णप्रसाद धिताल मत विभाजनमा सहभागी भएनन्।

अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ। अब कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर