९ कार्तिक २०८३, आइतबार

मूलपानी क्रिकेट मैदानको सरसफाइ गरिने

  • २ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- नेपालमा आयोजना हुने एसिसी प्रिमियर कप २०२३ को तयारी भइरहेको छ। आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको तयारीमा नेपाल क्रिकेट संघ (क्यान) जुटेको छ।

पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ।

त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिरहेको क्यानले जनाएको छ।  मूलपानी क्रिकेट मैदानको निर्माणकार्य भइरहेको छ। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले प्रिमियर कपलाई मध्यनजर गरी मैदान तयार भइरहेको जानकारी दिए।

यसैबीच आइतबार मूलपानी क्रिकेट मैदानको सरसफाइ गरिने भएको छ। बिहान साढे ७ बजेदेखि मैदानको सरसफाइ गरिने आयोजकले जनाएको छ। कागेश्वरी मनोहरा नगरपालिका र क्यानको सयुक्त आयोजनामा सरसफाइ कार्यक्रम हुन लागेको हो।

एसिसी प्रिमियर लिग वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ। प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ। 


प्रतिक्रिया

सम्बन्धित खवर