९ कार्तिक २०८३, आइतबार

आजको मौसम : तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना

  • १३ पुष २०७९, बुधबार
Image

काठमाडौं- देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ। 

हिमाली क्षेत्र र उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईका जिल्लामा हुस्सु लाग्ने भएपछि जाडो बढ्ने विभागको भनाइ छ। जाडोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ को  हिमाली भू-भागमा पछिल्ला दिनहरुमा निरन्तर हिमपातको सम्भावना रहेको छ।

हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर